global ime bank Long Banner Ad

गृहपृष्ठ एआइजीद्वयलाई दर्ज्यानी चिन्ह प्रदान

एआइजीद्वयलाई दर्ज्यानी चिन्ह प्रदान

एआइजीद्वयलाई दर्ज्यानी चिन्ह प्रदान

प्रहरी महानिरीक्षक (आइजीपी) शैलेश थापा क्षेत्रीले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)द्वय निरज बहादुर शाही र प्रद्युम्न कुमार कार्कीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । यसका साथै प्राविधिक प्रहरी उपरीक्षक (एसपी)हरुमा पशुपति कुमार राय र श्याम कुमार मण्डललाई पनि आइजीपी थापाले दर्ज्यानी चिह्न प्रदान गरे । नेपाल सरकार मन्त्रिपरिषदको २०७७ साउन १२ गतेको निर्णयअनुसार उनीहरुको बढुवा भएको थियो ।

उक्त अवसरमा आइजीपी थापाले पदोन्नति भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नतिपश्चात प्रहरी अधिकृतहरुबाट आ-आफ्नो दक्षताअनुरुप थप उर्जासहित व्यावसायिक सेवाको अपेक्षा संगठनले लिएको बताए । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संगठनको बृहत्तर हितका लागि सबै प्रहरी कर्मचारीहरु अग्रसर हुनुपर्नेमा उनले जोड दिए ।

आइजीपी थापाले सामूहिक नेतृत्व सदैव संगठनको हितमा लाभकारी हुने चर्चा गर्दै एआइजीमा पदोन्नतिपश्चात नेतृत्व तह थप बलियो भएको उल्लेख गरे । आगामी दिनमा संगठनको हितको लागिसमेत नेतृत्व तह अत्यन्तै प्रभावकारी हुने विश्वास उनले व्यक्त गरे ।

उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै एआइजी शाहीले आफूहरु पदोन्नतिपश्चात प्राप्त जिम्मेवारीप्रति उत्तिकै गम्भीर र इमानदार रहेको बताए । संगठनको नीति निर्देशन र आदेशप्रति सदैव कर्तव्यनिष्ठ रही संगठनको बृहत्तर हित र गरिमालाई थप उचाईमा लैजान मन, वचन र कर्मले कटिबद्ध रही काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

प्रकाशित समय : ००:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु