global ime bank Long Banner Ad

गृहपृष्ठ १,४९७ जना कोरोना संक्रमित थपिए

१,४९७ जना कोरोना संक्रमित थपिए

१,४९७ जना कोरोना संक्रमित थपिए

बितेको २४ घण्टामा देशभर ११ हजार ४४९ जनाको पीसीआर परीक्षण गर्दा १४ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

यस्तै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ रहेको प्रवक्ता गौतमले जानकारी दिए । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ६१४ जना रहेका छन् भने होम आइसोलेशनमा ९ हजार ८२३ जना रहेका छन् । क्वारेन्टिनमा रहनेको संख्या ६ हजार ५६५ रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणमुक्त भई ४५७ जना डिस्चार्ज भएका छन् । हालसम्म संक्रमितमध्ये ७२.७ प्रतिशत अर्थात ५० हजार ४११ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म ९ लाख ५५ हजार ९२३  जनाको पीसीआर परीक्षण भएको छ । गत २४ घण्टाभित्र थप १७ जनाले काेराेना संक्रमणका कारण ज्यान गुमाएका छन् । योसहित मृतककाे संख्या ४५३ पुगेकाे मन्त्रालयले जनाएकाे छ ।

प्रकाशित समय : २२:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु