काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

थप २०७१ जनामा संक्रमण, सक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ पुग्यो

9.16K
shares

नेपालमा सक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा मात्रै दुई हजार ७१ जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या एक लाख सात हजार ७५५ पुगेको हो ।

त्यस्तै अहिलेसम्म ७०.३ प्रतिशत संक्रमित डिस्चार्ज भएका छन् । गएको २४ घण्टामा मात्रै एक हजार ५५२ जनामा संक्रमित डिस्चार्ज भएपछि निको हुनेको संख्या ७५ हजार ८०४ पुगेको मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट ज्यान गुमाउनेको संख्या अहिलेसम्मकै उच्च देखिएको छ । गएको २४ घण्टामा मात्रै २२ जनाको ज्यान गएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६३६ पुगेको हो ।