काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

स्कटल्यान्डमाथिको जितसँगै नेपाल पाँचौँ स्थानमा उक्लियो

10.42K
shares

आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा नेपाल विजयी भएको छ । बुधबार राति सम्पन्न खेलमा नेपालले स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको हो । 

१४५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले २५.१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालको जितमा ओपनर आशिफ शेखले अर्धशतकीय योगदान गरे । ६२ बलको सामना गरेका शेखले १ छक्का र १० चौकाको मद्धतमा ७१ रनको पारी खेले । 

पहिलो विकेटका लागि शेखसँग ४७ रनको साझेदारी गरेका कुशल भुर्तेलले २७ रन बनाए । यस्तै, उपकप्तान रोहितकुमार पौडेलले अविजित ३४ रनको योगदान गरे । उनले ३१ बलमा ५ चौकाको मद्धतमा ३४ रन जोडे । 

देव खनालले ४ रन बनाउँदा दिपेन्द्रसिंह ऐरी ३ तथा आरिफ शेख १ रनमा आउट भए । 

यसअघि स्कटल्यान्डको ग्लासगोस्थित टिटउड क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली स्कटल्यान्डले ४२.५ ओभरमा सबै विकेट गुमाउँदै १४४ रन बनाएको थियो । 

स्कटल्यान्डका गाभिन मेनले सर्वाधिक ६४ रनको अर्धशतकीय पारी खेले । यस्तै मार्क वाटले १७ तथा साफ्यान शारिफले १६ तथा कलुम म्याकलोडले १३ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

स्कटल्यान्डलाई सस्तैमा समेट्ने क्रममा नेपालका सोमपाल कामी र आदिल आलमले समान ३–३ विकेट लिए । यस्तै, कप्तान सोमपाल कामीले २ तथा करण केसी र दिपेन्द्रसिंह ऐरीले एक–एक विकेट हात पारे । 

जितसँगै नेपाल अंक तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ ।  १८ खेलमा ८ मा जित निकाल्दा एक खेल टाइ र ९ खेलमा पराजयसहित १७ अंक जोडेको छ । स्कटल्यान्ड ३० अंक जोडेर दोस्रो स्थानमा छ । 

प्रतियोगितामा नेपालको यो पहिलो जित हो । नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो । यता स्कटल्यान्डले भने प्रतियोगितामा पहिलो हार व्यहोरेको छ । यसअघि स्कटल्यान्डले पहिलो खेलमा नामिबियालाई ७७ रनले पराजित गरेको थियो ।