‘हवाई टिकट काटौँ सुन चाँदी जितौँ’ योजनाको बम्पर उपहार विजेता सार्वजनिक
वि.सं.२०७९ असार ३० बिहीवार ०३:५६
shares

आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पेको ‘हवाई टिकट काटौँ सुन चाँदी जितौँ’ योजना अन्तर्गत सुनको सिक्का जित्ने दुई जना भाग्यशाली विजेताको नाम घोषणा गरिएको छ ।
उक्त योजनाको विजेता सन्देश श्रेष्ठ र रामपुकार महतो भएका हुन् । दुवै जना विजेताले बुद्ध एयरलाइन्सबाट भैरहवाबाट काठमाडौँ र जनकपुरबाट काठमाडौँको हवाई टिकट काटेका थिए ।
योजना अवधिभर हवाई टिकट काट्ने यात्रुहरुमध्ये चाँदीको सिक्का र चन्द्रागिरि केबलकारको विजेताको नाम आइएमई पेको फेसबुक पेजमा साप्ताहिक घोषणाअन्तर्गत घोषणा भइसकेको छ ।
जेठ १ देखि सुरु भएको यस योजनामा आइएमई पे मोबाइल वालेट एपमार्फत् नेपालको कुनै पनि आन्तरिक उडान सेवाको हवाई टिकट काटेका भएका यात्रुहरुमध्ये योजना अवधिभरि हवाई टिकट बुक गर्ने २ भाग्यशाली यात्रुले हरेक १५ दिनमा एउटा सुनको सिक्का जित्न सफल भएका हुन् ।

























