global ime bank Long Banner Ad

गृहपृष्ठ आइसीसी पुरुष विश्वकप लिग : नेपालले स्कटल्याण्डविरुद्ध बलिङ रोज्यो

आइसीसी पुरुष विश्वकप लिग : नेपालले स्कटल्याण्डविरुद्ध बलिङ रोज्यो

आइसीसी पुरुष विश्वकप लिग : नेपालले स्कटल्याण्डविरुद्ध बलिङ रोज्यो

'आइसीसी पुरुष विश्वकप लिग टु'को त्रिकोणात्मक सिरिजअन्तर्गत स्कटल्याण्डविरुद्ध नेपालले सुरुआतमा बलिङ राेजेकाे छ । नेपालले टस जितेर पहिले फिल्डिङ रोज्दै स्कटल्याण्डलाई ब्याटिङको निम्तो दिएको छ ।

नेपाल आज स्कटल्याण्डलाई हराउँदै सिरिजमा पहिलो जित निकाल्न चाहन्छ । तर, बलियो टोली स्कटल्याण्डलाई हराउन नेपाललाई सहज छैन । स्कटल्याण्ड भने लगातार दोस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा स्कटल्याण्डले नामिबियालाई ७७ रनले हराएको थियो । नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो ।

लिग टू को अंक तालिकामा नेपाल १७ खेलमा १५ अंक जोडेर छैटौं स्थानमा रहेको छ । स्कटल्याण्ड २१ खेलमा ३० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित समय : २१:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु