गृहपृष्ठ सेयरबजारमा ५९ अंककाे वृद्धि, २ अर्बको कारोबार
सेयरबजारमा ५९ अंककाे वृद्धि, २ अर्बको कारोबार
सेयरबजारमा आज ५९.५४ अंककाे वृद्धि भएकाे छ । नेप्सेमा उल्लेख्य वृद्धि हुँदा बुधबार २ अर्ब ४ कराेड ४४ लाख रूपैयाँकाे सेयर किनबेच भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज १८२ कम्पनीको सेयर बढ्दा ५ वटाको मात्रै घटेको छ ।
आज ५७ लाख ८७ हजार कित्ता सेयर बिक्री भएका छन् । ११ वटा कम्पनीको सेयर १० प्रतिशत वा सोही हाराहारीले बढेकाे छ । लगानीकर्ताले आज १० प्रतिशतसम्मै गुमाएका छन् । सर्वाधिक कारोबारमा शिवम् सिमेन्ट अगाडि छ । कम्पनीको ९ करोड रुपैयाँको कारोबार भएको हाे ।
आज १३ वटै उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ६.९६ प्रतिशतले बढेको छ भने डेभलपमेन्ट बैंक समूह ६.२५ प्रतिशतले, ट्रेडिङ ५.३९ प्रतिशतले, अन्य उपसूचक ४.७२ प्रतिशतले, हाइड्रोपावर समूह ४.७१ प्रतिशतले र म्युचुअल फन्ड समूहको उपसूचक ४.१८ प्रतिशतले बढेको छ ।
प्रकाशित समय : २१:२२ बजे


















