global ime bank Long Banner Ad

गृहपृष्ठ पुष्पा भुसाललाई उपसभामुखको उम्मेदवार बनाउने गठबन्धनको तयारी

पुष्पा भुसाललाई उपसभामुखको उम्मेदवार बनाउने गठबन्धनको तयारी

पुष्पा भुसाललाई उपसभामुखको उम्मेदवार बनाउने गठबन्धनको तयारी

 पाँच दलीय सत्ता गठबन्धनले नेपाली कांग्रेसकी सांसद् पुष्पा भुसाललाई उपसभामुखको उम्मेदवार बनाउने तयारी गरेको छ । प्रतिनिधिसभाको उपसभामुख चयनका लागि शुक्रबार (३१ असार)मा निर्वाचन हुँदै छ । संसद् सचिवालयका अनुसार बिहीबार बिहान ११ बजेदेखि १ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । 

उम्मेदवार चयन गर्ने विषयमा गठबन्धनका नेताहरुबीच छलफल भएको छ । छलफलका आधारमा भुसाललाई उम्मेदवार बनाउने गरी गृहकार्य अगाडि बढाइएको छ । तर, कांग्रेसमा उपसभामुखका लागि डिला संग्रौलालगायतले पनि दाबी प्रस्तुत गर्दै आएका छन् । 

भुसालले भने उपसभामुखभन्दा मन्त्रीका लागि चाहना राख्दै आएकी थिइन् । तर, उपसभामुख संवैधानिक परिषद्को सदस्य समेत रहने भएकाले भुसाललाई नै उपसभामुख बनाउनुपर्ने भनी प्रधानमन्त्री शेरबहादुर देउवाले नै प्रस्ताव राखेको कांग्रेसका नेताहरु बताउँछन् । 

भुसाल कानुन व्यवसायी पनि हुन् । उनलाई उपसभामुख बनाउन खोज्नुलाई अर्थपूर्ण मानिएको छ । 

संवैधानिक परिषद्‌बाट संवैधानिक नियुक्तिका लागि प्रक्रिया पुयाउन उपसभामुख बनाउन खोजिएको छ । संवैधानिक परिषद्‌मा प्रधानमन्त्री पदेन अध्यक्ष हुने व्यवस्था छ । प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेता पदेन सदस्य हुन्छन् ।

उपसभामुख नियुक्ति भएमा संवैधानिक परिषद्को नियुक्तिमा ६ जनामध्ये ४ जना एमालेबाहेकबाट हुनेछन् । 

सभामुख र उपसभामुख फरक दल र फरक लिंगको हुनुपर्ने संवैधानिक व्यवस्था छ । सभामुख माओवादी केन्द्रका तर्फबाट सांसद् निर्वाचित अग्निप्रसाद सापकोटा छन् ।

प्रकाशित समय : २१:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु