nmb bank

गृहपृष्ठ नेपाली फेन्सिङ टोली इजिप्ट जाँदै

नेपाली फेन्सिङ टोली इजिप्ट जाँदै

नेपाली फेन्सिङ टोली इजिप्ट जाँदै

विश्व फेन्सिङ च्याम्पियनसीपमा सहभागी हुन ७ खेलाडीसहित १० सदस्यीय नेपाली टोली बुधबार इजिप्टको काइरो प्रस्थान गर्दै छ ।

जुलाई ९ देखि १९ तारिखसम्म हुने प्रतियोगितामा ५ पुरुष र ३ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा खेलाडीमा पायस योञ्जन, दिनेशबहादुर पाण्डेय, राजेन्द्र गजुरेल, सुकीराम तामाङ र भीष्मराज दाहाल रहेका छन् । 

महिलामा अनिता कार्की, जानुका स्याङतान र उषा खड्का छन् । पायस, दिनेश र राजेन्द्रले साब्रेमा प्रतिस्पर्धा गर्ने छन् । बाँकीले इपीमा खेल्ने छन् । सबैले व्यक्तिगत र टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । विशेष प्रशिक्षणमा सहभागी हुन पायस भने मंगलबारै इजिप्ट प्रस्थान गरिसकेका छन् ।

टोली प्रमुखमा हेल्गा राणा रायमाझी, अफिसियलमा सुजनलाल श्रेष्ठ र प्रशिक्षकमा अभिषेक कार्की रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

प्रकाशित समय : ०४:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु