गृहपृष्ठ प्रधानमन्त्री कप क्रिकेट फाइनल: आर्मीविरुद्ध सुदूरपश्चिमको खराब सुरुवात
प्रधानमन्त्री कप क्रिकेट फाइनल: आर्मीविरुद्ध सुदूरपश्चिमको खराब सुरुवात
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशले त्रिभुवन आर्मी क्लबविरुद्ध खराब सुरुवात गरेको छ ।
वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले सुरुवाती सात ओभरमै तीन विकेट गुमाएको हो । सुदूरपश्चिमका ओपनर खडक बोहरा एक रन बनाएर आउट हुँदा नरेन भट्ट र विकेटकिपर ब्याट्सम्यान राजु रिजाल पनि पेभेलियन फर्किएका छन् ।
आर्मीका आकाश चन्दले दुई र कुशल मल्लले एक विकेट लिएका छन् । सुदूरपश्चिमले आठ ओभरमा तीन विकेट गुमाउँदै २४ रन बनाएर खेलिरहेको छ । सुदूरपश्चिमका अभिषेक पाल र दीपक बोहोरा क्रिजमा छन् । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् ।
प्रकाशित समय : १०:४० बजे



















