nmb bank

गृहपृष्ठ सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट आएको छ । सुन प्रतितोला तीन हजार र चाँदी १२० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९९ हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार १३० कायम भएको छ ।

हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार ८०० र त्यति नै परिमाणको चाँदी पाँच हजार २५० मा कारोबार भएको थियो ।

गत बुधबार छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार ७०० र त्यति नै परिमाणको चाँदी पाँच हजार २२० मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८२० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित समय : ११:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु