nmb bank

गृहपृष्ठ कांग्रेसको आधिकारिकता विवादमा आज पनि सुनुवाइ हुने

कांग्रेसको आधिकारिकता विवादमा आज पनि सुनुवाइ हुने

कांग्रेसको आधिकारिकता विवादमा आज पनि सुनुवाइ हुने

काठमाडौं : निर्वाचन आयोगको निर्णयविरुद्ध नेपाली कांग्रेसको संस्थापन पक्षले दायर गरेको रिटमा आज पनि सुनुवाइ हुने भएको छ। बिहीबार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको उक्त रिटमाथि आज सुनुवाइ हुने भएको हो।

न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वजको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ। देउवा पक्षबाट सर्वोच्चमा दुईवटा निवेदन परेका छन्। सुनुवाइ नसकिएपछि दुवै रिट हेर्दाहेर्दैमा राखिएको सर्वोच्च प्रशासनले जनाएको छ।

२६ चैतमा पार्टीको महाधिवेशनको कार्यसूची रोक्न माग गर्दै देउवा पक्षबाट रिट दायर भएको थियो। विवादको टुंगो नलागेसम्म १५ औं महाधिवेशनको कार्यतालिका कार्यान्वयन नगर्न पछिल्लो रिटमा माग गरिएको छ। त्यसअघि पार्टीको आधिकारिकताको विषय‍लाई लिएर रिट दर्ता भएको थियो।

निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएपछि देउवा पक्षधरले उक्त निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट दायर गरेको हो। सभापति गगन थापा पक्षले महाधिवेशनको तयारी गर्न थालेपछि त्यसलाई तत्काल रोक्नुपर्ने देउवा पक्षको माग छ। माघ २ गते थापा नेतृ्त्वको कांग्रेसलाई आधिकारिकता दिने आयोगको निर्णय संविधान,प्रचलित कानुन र कांग्रेसको विधान विपरीत रहेको भन्दै यसलाई बदरको माग गरिएको छ।

प्रकाशित समय : ११:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु