nmb bank

गृहपृष्ठ महालक्ष्मी विकास बैंकद्वारा नयाँ वर्ष २०८३ लक्षित विभिन्न योजनाहरू सार्वजनिक

महालक्ष्मी विकास बैंकद्वारा नयाँ वर्ष २०८३ लक्षित विभिन्न योजनाहरू सार्वजनिक

महालक्ष्मी विकास बैंकद्वारा नयाँ वर्ष २०८३ लक्षित विभिन्न योजनाहरू सार्वजनिक

काठमाडौं- महालक्ष्मी विकास बैंकले नेपाली नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै आफ्ना ग्राहकहरूका लागि विभिन्न विशेष योजनाहरू सार्वजनिक गरेको छ।

बैंकले आगामी वर्ष २०८३ लाई ‘डिजिटल प्रवर्द्धन वर्ष’ का रूपमा मनाउने योजना अनुरूप डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्न विशेष कार्यक्रमहरू अघि सारेको हो।

यस अन्तर्गत बैंकको मोबाइल एप ‘महालक्ष्मी स्मार्ट साथी’ मार्फत वैशाख महिनाको पहिलो हप्तामा कम्तीमा एक सफल कारोबार गर्ने सक्रिय प्रयोगकर्ताहरूमध्ये गोलाप्रथाद्वारा ३ जना भाग्यशाली विजेता छनोट गरिनेछ।

ती विजेताहरूले आफ्नो जोडीसहित आन्तरिक पर्यटन अन्तर्गत पोखरा, चितवन र मनकामनाको आकर्षक भ्रमण प्याकेज जित्ने अवसर पाउनेछन्। डिजिटल कारोबारलाई थप प्रभावकारी बनाउन बैंकले मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूका लागि ‘Fone Points Rewards’ को व्यवस्था गरेको छ।

प्रयोगकर्ताहरूले विभिन्न डिजिटल कारोबार गरेबापत प्राप्त गर्ने रिवार्ड पोइन्टहरू निश्चित सर्तहरूको अधीनमा रही सामान खरिद गर्दा वा अन्य कार्यहरूमा उपयोग गर्न सक्नेछन्। यो एप प्ले स्टोर र एप स्टोर दुवैबाट डाउनलोड गर्न सकिने बैंकले जनाएको छ।

नयाँ वर्षकै अवसरमा बैंकले सुलभ ब्याजदरमा ‘महालक्ष्मी घर कर्जा’ समेत सञ्चालनमा ल्याएको छ। यस योजना अन्तर्गत आवासीय वा व्यापारिक घरजग्गा खरिद, घर निर्माण, अपार्टमेन्ट खरिद, वा घर मर्मत सम्भारका लागि न्यूनतम २ वर्षदेखि अधिकतम ३० वर्षसम्मको अवधिका लागि कर्जा उपलब्ध गराइनेछ।

विशेष गरी, यो कर्जाको ब्याजदर ७ वर्षको अवधिसम्म स्थिर रहने सुविधा समेत प्रदान गरिएको छ। हाल देशभर १०३ शाखा कार्यालयहरूमार्फत करिब ८ लाख ५० हजार भन्दा बढी ग्राहकहरूलाई सेवा दिँदै आएको यस बैंकले ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै आएको छ।

प्रकाशित समय : ११:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु