nmb bank

गृहपृष्ठ मुक्तिनाथ विकास बैंकको सीइओमा तारा मानन्धर नियुक्त

मुक्तिनाथ विकास बैंकको सीइओमा तारा मानन्धर नियुक्त

मुक्तिनाथ विकास बैंकको सीइओमा तारा मानन्धर नियुक्त

काठमाडौं । मुक्तिनाथ विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा तारा मानन्धर नियुक्त भएका छन् । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले मानन्धरलाई सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

स्याङ्जा अरिनास गाउँपालिका स्थायी घर भईहाल टोखा नगरपालिका वडा नं. ३ निवासी मानन्धर अनुभवी बैंकर हुन् । नेपाल बंगलादेश बैंकबाट बैंकिङ यात्रा शुरु गरेका उनीसँग एनसीसी बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, प्रभु बैंक, मुक्तिनाथ विकास बैंक र प्राइम कमर्शियल बैंकलगायत बैंकहरूमा काम गरेको अनुभव छ ।

प्रकाशित समय : ११:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु