nmb bank

गृहपृष्ठ कांग्रेसले बोलायो सातै प्रदेशका सभापति र मुख्यमन्त्रीहरूको बैठक

कांग्रेसले बोलायो सातै प्रदेशका सभापति र मुख्यमन्त्रीहरूको बैठक

कांग्रेसले बोलायो सातै प्रदेशका सभापति र मुख्यमन्त्रीहरूको बैठक

काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशका सभापति, आफ्नो दलका मुख्यमन्त्रीहरू र प्रदेश संसदीय दलका नेताहरूसँग छलफल गर्न वैशाख ६ गते बैठक बोलाएको छ। ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने उक्त बैठकमा प्रदेश र स्थानीय सरकारको समन्वय तथा कार्यसम्पादनका विषयमा केन्द्रित रहेर छलफल हुने बताइएको छ ।

कांग्रेसको नेतृत्वमा रहेका स्थानीय सरकारहरूको कार्यशैलीलाई थप प्रभावकारी र जनतामुखी बनाउने विषयमा विशेष छलफल हुने एक नेताले जानकारी दिए । पार्टीले उपसभापति विश्वप्रकाश शर्मालाई प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूबीच समन्वय गर्ने जिम्मेवारी समेत तोकेको छ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केन्द्रसँग पर्याप्त परामर्श नगरी मन्त्रीहरू नियुक्त र हेरफेर गरेको विषयमा बैठकमा समीक्षा हुने बताइएको छ। पाण्डेले कांग्रेस र एमालेबीच ४/४ मन्त्रालय बाँडफाँट गर्दै बुधबार मात्रै मन्त्रिमण्डल पुनर्गठन गरेका थिए।

प्रकाशित समय : १०:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु