गृहपृष्ठ गरिमा विकास बैंकद्वारा अस्पतालमा वृक्षारोपण
गरिमा विकास बैंकद्वारा अस्पतालमा वृक्षारोपण
गरिमा विकास बैंकले टोखा चण्डेश्वरी अस्पताल परिसरमा वृक्षारोपण गरेको छ । बैंकले मंगलबार करिब २०० विभिन्न प्रजातिका फलफूलका विरुवा अस्पताल परिसरमा रोपेको हो ।
बढ्दो जलवायू परिवर्तनलाई राेक्न सहयाेग हाेस् भन्ने उद्देश्यले वृक्षारोपण गरेको बैंकले जनाएको छ । वृक्षारोपण कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी र बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाललगायत उपस्थित थिए ।
गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटीएमबाट सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित समय : २०:५८ बजे



















