काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

गरिमा विकास बैंकद्वारा अस्पतालमा वृक्षारोपण

12.33K
shares

गरिमा विकास बैंकले टोखा चण्डेश्वरी अस्पताल परिसरमा वृक्षारोपण गरेको छ । बैंकले मंगलबार करिब २०० विभिन्न प्रजातिका फलफूलका विरुवा अस्पताल परिसरमा रोपेको हो ।

बढ्दो जलवायू परिवर्तनलाई राेक्न सहयाेग हाेस् भन्ने उद्देश्यले वृक्षारोपण गरेको बैंकले जनाएको छ । वृक्षारोपण कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी र बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाललगायत उपस्थित थिए ।

गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटीएमबाट सेवा प्रदान गर्दै आइरहेको छ ।