काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जम्मु-कश्मिरमा भिडन्त जारी, २ आतंकवादी मारिए

9.3K
shares

जम्मु-कश्मिरको शोपियान जिल्लाको रेबन क्षेत्रमा हिजो राति सुरु भएको आतंकवादी र सुरक्षा बल बिचको मुठभेड आज पनि जारी रहेको प्रहरीले जनाएको छ । प्रहरी र सेना आतंकवादीहरूसँग डटेर मुकाबिला गरिरहेका तथा विस्तृत विवरणको प्रतीक्षा भइरहेको उसले बताएको छ ।

अघिल्लो दिन पनि कैसर कोकाको रूपमा परिचित प्रतिबन्धित जसिह-ए-मोहम्मद (जेएम) आतंकवादी संगठनसँग आवद्ध आतंकवादी अवन्तिपोरामा भएको मुठभेडमा फसेको काश्मिरका अतिरिक्त प्रहरी महानिरीक्षकले बताएका छन् । विशेष सूचनाको आधारमा संयुक्त खोज अभियानमा जुटेका प्रहरी, सेना र सेन्ट्रल रिजर्भ पुलिस फोर्स (सीआरपीएफ)का जवानबीच भएको भिडन्तमा दुई जना आतंककारी  मारिएका छन् ।

संयुक्त सुरक्षा फौजमाथि आतंककारीहरूले अन्धाधुन्ध गोली प्रहार गरेपछि भएको जवाफी कारबाहीमा उनीहरू मारिएका हुन् । प्रहरी अभिलेखअनुसार मारिएका आतंककारीले प्रहरी, सुरक्षा बल र सर्वसाधारणमाथि धेरैपटक घातक हमला गरेका तथा उनीहरूको संलग्नता आतंककारी घटनामा रहेको थियो ।

सन् २०१८ देखि सक्रिय रहेका कैसर कोकाले पाकिस्तान गएर हतियार, गोलाबारुदको प्रशिक्षण लिएपछि काश्मीर उपत्यकामा आक्रमणमा गरेका थिए । मुठभेड स्थलबाट हतियार र गोलाबारुद बरामद गरिएको छ ।