global ime bank Long Banner Ad

गृहपृष्ठ सगरमाथा छेउकै होटलले बनायो ‘वर्ल्ड रेकर्ड’, विश्वकै अग्लो स्थानमा रहेको प्रमाणपत्र पायाे

सगरमाथा छेउकै होटलले बनायो ‘वर्ल्ड रेकर्ड’, विश्वकै अग्लो स्थानमा रहेको प्रमाणपत्र पायाे

सगरमाथा छेउकै होटलले बनायो ‘वर्ल्ड रेकर्ड’, विश्वकै अग्लो स्थानमा रहेको प्रमाणपत्र पायाे

विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटलमा नेपालले रेकर्ड बनाएको छ । सोलुखुम्बु जिल्लाको गोरखसेप एभरेष्ट बेस क्याम्प नजिकको गाउँमा रहेको ‘एभरेष्ट इन प्राइभेट लिमिटेड’ विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको होटल बनेको हो ।

यो होटल ५ हजार १ सय ८० मिटर उचाईमा अवस्थित छ । ‘वर्ल्ड बुक्स रेकर्डस्’ लण्डनबाट विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटलका रुपमा ‘एभरेष्ट इन प्राइभेट लिमिटेड’ले आधिकारिक प्रमाणपत्र प्राप्त गरेको छ ।

सोमबार बेलुका काठमाडाैंमा एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ र नेपाल च्याप्टरका अध्यक्ष सागर कटुवालले होटलका प्रबन्ध निर्देशक पासाङ छिरिङ शेर्पालाई ‘वर्ल्ड बुक्स रकर्डसकाे’ आधिकारिक प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा बोल्दै मन्त्री श्रेष्ठले नेपालको होटलले यस्तो रेकर्ड राख्नु समग्र नेपालीहरुका लागि नै खुशी र गौरवको कुरा भएको बताए । आउँदा दिनमा नेपाललाई चिनाउने अर्को एउटा आधारका रुपमा होटल रहने उनले विश्वास व्यक्त गरे । मन्त्री श्रेष्ठले भने, ‘नेपालको पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्नका लागि यो खालका होटलहरुले थप योगदान पुर्‍याउने विश्वास लिएको छु ।’ उनले कोरोना महामारीका कारण अन्य क्षेत्रभन्दा तुलनात्मक रुपमा पर्यटन क्षेत्र धेरै प्रभावित बनेको बताउँदै यसलाई कसरी पुन:स्थापित गर्ने भन्नेमा मन्त्रालय अहिले छलफलमा रहेको बताए ।

केही दिनभित्रमा पर्यटन क्षेत्रको व्यवसायलाई पुन:स्थापित गर्ने एजेन्डाहरु घोषणा गर्ने समेत मन्त्री श्रेष्ठले बताए । ‘वर्ल्ड बुक्स रेकर्डस्’का नेपाल प्रतिनिधि कटुवालले यस रेकर्डले विश्वमा नेपालको नाम नौलो तरिकाले पुगेको बताउँदै होटलका प्रबन्ध निर्देशक लगायतलाई बधाई दिए । सन् २००४ देखि होटल सञ्चालनमा ल्याएको प्रबन्ध निर्देशक शेर्पाले कार्यक्रममा जानकारी गराए ।

उक्त स्थानमा होटल बनाउनु एकदमै चुनौती रहे पनि निकै दुखका साथ होटल बनाएको उनले स्मरण गरे । ‘त्यहाँ सेतोमा हिँउ र कालोमा ढुंगाबाहेक केही पनि देखिँदैन । त्यहाँ केही उब्जाउ पनि हुँदैन । निकै महँगो शुल्कमा सामान लगेर, निकै दुःख गरेर होटल बनाएको हुँ,’ शेर्पाले भने, ‘आज यो एउटा कार्यक्रमले गर्दा मैले आफ्नो जीवनमा केही गरेछु भनेर साह्रै खुशी लागेको छ ।’

प्रकाशित समय : १६:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु