गृहपृष्ठ पछिल्ला दिनमा काेराेना संक्रमण बढ्दाे, एकैदिन थपिए १२१ जना संक्रमित
पछिल्ला दिनमा काेराेना संक्रमण बढ्दाे, एकैदिन थपिए १२१ जना संक्रमित
नेपालमा पछिल्लो २४ घण्टामा १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४५ जनाको परीक्षण गरिएको थियो ।
१ हजार ७०० जनाको पीसीआर गर्दा १०४ र १ हजार ३४५ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै, सोही अवधिमा ३१ जना संक्रमणबाट निको भएका छन् । अहिले देशभर ६७८ जना सक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये ६६२ जना हाेम आइसाेलेसनमा र १६ जन संस्थागत आइसाेलेसनमा छन् ।
यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । हालसम्मे काेराेना संक्रमणबाट ११ हजार ९५२ जनाकाे मृत्यु भएकाे छ ।
१० हजार ५६७ जनाले काेराेनाविरूद्धकाे खाेप लगाएका छन् ।
प्रकाशित समय : २२:३२ बजे



















