गृहपृष्ठ बेसीसहरको बजेट ७७ करोड ५३ लाख : शिक्षा, स्वास्थ्य र सडक प्राथमिकता

बेसीसहरको बजेट ७७ करोड ५३ लाख : शिक्षा, स्वास्थ्य र सडक प्राथमिकता

बेसीसहरको बजेट ७७ करोड ५३ लाख : शिक्षा, स्वास्थ्य र सडक प्राथमिकता

बेसीसहर नगरपालिकाले आर्थिक वर्ष ०७९/८० को लागि ७७ करोड ५३ लाख ३ हजार बराबरको बजेट पारित गरेको छ । आगामी आर्थिक वर्षका लागि पारित भएको बजेटमा चालुतर्फ ४१ करोड ९३ लाख र पुँजीगततर्फ ३५ करोड ६ लाख ३ हजार रहेको छ । 

नगर उपप्रमुख पद्‍मा गुरुङले प्रस्तुत गरेको बजेटमा  आर्थिक विकासतर्फ ६ करोड ९६ लाख ५० हजार, सामाजिक विकासतर्फ ३३ करोड ९३ लाख ८७ हजार, भौतिक पूर्वाधारतर्फ २० करोड १० लाख ८२ हजार, वनवातावरण तथा विपद् व्यवस्थापनतर्फ २ करोड ४६ लाख ५० हजार र संस्थागत विकास तथा सुशानतर्फ १४ करोड ५ लाख ३४ हजार बजेट विनियोजित गरेको छ ।

नगरसभाले सामाजिक विकासतर्फ सबैभन्दा बढी बजेट शिक्षा क्षेत्रमा छुट्टाएको छ । नगरपालिकाले शिक्षातर्फ कुल ३०.३० अर्थात् २३ करोड ४९ लाख बजेट विनियोजित गरेको छ भने दोस्रो प्राथमिकतामा सडक  र तेस्रो प्रथामिकतामा स्वास्थ्य रहेको छ । सडकतर्फ १५ करोड ८६ लाख ७१ हजार अर्थात् २०.४७ प्रतिशत र स्वास्थ्यतर्फ ६ करोड ८ लाख ४५ हजार अर्थात् ७.८५ प्रतिशत बजेट विनियोजित गरेको हो । 

नगरसभाबाट कृषि, पशुपालन, उत्पादन र स्वरोजगार क्षेत्रलाईसमेत जोड दिइएको छ । सिंचाइ, विद्युत् र ऊर्जा, सूचना प्रविधि तथा सञ्चार, खानेपानी तथा सरफाई, युवा तथा खेलकुद, सामाजिक सुरक्षा, न्याय र सामाजिक समावेशीकरण, संस्कृति, कला साहित्य,  पर्यटन, उद्योग वाणिज्य, सहकारी ,श्रम तथा रोजगारी, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास, सेवा र सुशासनका क्षेत्रलाई समेत बजेटको व्यवस्था गरिएको छ । 

नगरसभालाई सम्बोधन गर्दै नगरप्रमुख गुमानसिंह अर्यालले स्थानीयको आवश्यकतालाई प्रथामिकिरणगरी बजेट निर्माण गरिएको बताए । नीति, कार्यक्रम तथा बजेटमाथि नगरसभाका सभासद्हरूको राय, सुझाव र परामर्शलाई मध्यनजर गर्दै बजेट निर्माण गरिएको नगर प्रमुख अर्यालले बताए । नगरसभाबाट विभिन्न ऐननियम, लेखा परीक्षण प्रतिवेदन, वडागत, नगरस्तरीय योजना र सशर्त अनुदान तर्फका योजना समेत पारित गरिएको प्रमुख प्रशासकीय अधिकृत इमानाथ कँडेलले बताए ।

प्रकाशित समय : ००:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु