global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल–भारत सीमानाका बन्द

नेपाल–भारत सीमानाका बन्द

नेपाल–भारत सीमानाका बन्द

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका बुधबार साँझसम्मका लागि बन्द गरिएको छ ।

झुलाघाटस्थित झोलुंगे पुल मर्मतको काम सञ्चालन हुने भएकाले आज साँझ ६ बजेदेखि बुधबार साँझ ७ बजेसम्मका लागि नाका बन्द गरिएको हो । महाकाली नदीमाथिको उक्त पुलको भारततर्फको भाग मर्मत गर्नुपर्ने भएकाले आवागमन बन्द गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । 

यसैबीच दुवै देशका सुरक्षा निकायले आज पुलको अवलोकन तथा निरीक्षण गरेका छन् । वर्षौँ पुरानो झोलुंगे पुल बेला–बेला मर्मत गरिँदै आएको छ ।     झुलाघाटमा मोटरेबल पुलको आवश्यकता भए पनि अहिलेसम्म त्यसतर्फ सरकारको ध्यान जान सकेको छैन । पक्की पुलको माग गर्दै बैतडीवासीले बेला बेलामा आन्दोलन समेत गर्दैआएका छन् ।  

प्रकाशित समय : ०३:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु