गृहपृष्ठ अजोड इन्स्योरेन्सको चौथो वार्षिकोत्सव कार्यक्रम सम्पन्न
अजोड इन्स्योरेन्सको चौथो वार्षिकोत्सव कार्यक्रम सम्पन्न
अजोड इन्स्योरेन्सले आफ्नो चौथो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३३ जना दाताले रक्तदान गरेका छन् । संस्थाले हिमालयन वृद्धा आश्रममा आश्रित ४३ जना वृद्धवृद्धाहरूका लागि खाद्यान्न सहयोग गरेको कम्पनीले जनाएकाे छ ।
२०७५ साल असार २१ देखि आफ्नो व्यवसायिक कारोबार सुरु गरी हालसम्म कम्पनीले बिमा व्यवसाय अभिवृद्धिका लागि देशभर आफ्नो शाखा सञ्जाल विस्तार गरी सेवा प्रदान गर्दै आइरहेको छ । हालसम्म कम्पनीमा ३२३ जना कर्मचारी कार्यरत रहेका छन् भने आधारभूत निर्जीवन बिमा अभिकर्ता ४५९ जना, कृषि तथा पशुपन्छी बिमा अभिकर्ता ३१७ जना कृषि तथा पशुपन्छी क्षति मूल्यांकनकर्ता ३९ जना र १२२ जना बिमा सर्भेयरहरु सूचीकृत रहेका छन् ।
कम्पनीले आर्थिक वर्ष २०७८/७९ को असार २० सम्ममा १,२२,९६५ बिमालेख जारी गरी कुल बिमा शुल्क १ अर्ब ५६ करोड आर्जन गरेको छ । साथै कुल दाबी भुक्तानी संख्या ५०२६ मार्फत कुल दाबी भुक्तानी रकम ७१ करोड ५८ लाख भुक्तानी गरिसकेको छ । कम्पनीको चुक्ता पूँजी १ अर्ब भएको जगेडा तथा कोषमा १३ करोड ९५ लाख र बिमा कोषमा १५ करोड ९२ लाख सञ्चित गरेकाे छ ।

प्रकाशित समय : ०२:१२ बजे



















