global ime bank Long Banner Ad

गृहपृष्ठ एकदिवसीय सिरिज : नेपाल र क्यानडा भिड्दै

एकदिवसीय सिरिज : नेपाल र क्यानडा भिड्दै

एकदिवसीय सिरिज : नेपाल र क्यानडा भिड्दै

क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोलीविरूद्ध खेल्दैछ । पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटअन्तर्गत क्यानडाको किङ सिटी स्टेडियममा नेपाल र क्यानडा भिड्न लागेका हुन् । खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ ।

दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको हाे । नेपाल र क्यानडाबीचको दोस्रो एकदिवसीय बुधबार हुनेछ । 'विश्वकप लिग टू'अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिजअघि नेपालले क्यानडाको भ्रमण गरेको हो ।

यसअघि नेपाली टोलीले स्थानीय ओन्टारियो क्लबसँग दुई अभ्यास खेल खेलेको थियो । दुवै खेल नेपालले जितेको थियो । क्यानडासँगको सिरिजपछि नेपाली टोली स्कटल्याण्ड प्रस्थान गर्नेछन् । नेपालले स्कटल्याण्डमा हुने लिग टू अन्तर्गतको सिरिजमा घरेलु टोली र नामिबियासँग खेल्ने नेपाल क्रिकेट संघ क्यानले जनाएकाे छ ।

प्रकाशित समय : १७:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु