global ime bank Long Banner Ad

गृहपृष्ठ फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति  पुग्यो हेर्नुस्

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति  पुग्यो हेर्नुस्

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति  पुग्यो हेर्नुस्

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो । 

निगमले पेट्रोलमा २ रुपैयाँ, डिजेल तथा मट्टितेलमा ९ रुपैयाँ र हवाई इन्धन आन्तरिकमा पाँच रुपैयाँ बढाएको हो । 

निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौँ उपत्यकामा पेट्रोल १८१ रुपैयाँ, डिजेल र मट्टितेल १७२ रुपैयाँ पर्ने छ । हवाई इन्धन आन्तरिकको मूल्य १९० रुपैयाँ प्रतिलिटर पर्ने छ । 

एलपी ग्याँसको भने यथावत एक हजार ८०० रुपैयाँ छ । 

यसअघि असार ११ गते मात्र निगमले पेट्रोलमा २० रुपैयाँ र डिजेल तथा मट्टितेलमा २९ रुपैयाँ घटाएको थियो । 

प्रकाशित समय : ०३:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु