काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

दोहोरो अंकले बढ्यो नेप्से

18.61K
shares

पछिल्लो समय निरन्तर उच्च अंकले वृद्धि भइरहेको नेप्से परिसूचक आज पनि ५७.६५ अंकले बढेको छ । साताको पहिलो कारोबार दिन नै नेप्से परिसूचकमा उच्च अंकको सुधार आएको हो ।

यससँगै, नेप्से परिसूचक २ हजार ८६ अंकमा पुगेर रोकिएको छ । आज २ अर्ब ४८ करोड रुपैयाँ बराबरको ६२ लाख २७ हजार कित्ता सेयर किनबेच भएको छ । परिसूचकमा उच्च अंकको वृद्धि आउँदा ६ वटा कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ ।

आज साल्ट ट्रेडिङ कर्पोरेशन, हिमालयन पावर पार्टनर, माथिल्लो तामाकोसी जलविद्युत, सान्जेन जलविद्युत कम्पनी, नेस्डो समृद्ध लघुवित्त र सीवाईसी नेपाल लघुवित्तका लगानीकर्ताले उल्लेख्य कमाएका छन् । यसबाहेक, रसुवागढी हाइड्रोपावर, मध्य भोटेकोसी जलविद्युत र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा समेत ९ प्रतिशतभन्दा धेरैको वृद्धि देखिएको छ ।

आज नेप्सेमा कारोबार भएका सबै १३ वटै समूहमा उल्लेख्य सुधार आएको छ । जसमध्ये उत्पादनमूलक समूहमा २५० अंकको वृद्धि आउँदा निर्जीवन बिमा कम्पनी समूहमा १८१ अंकको सुधार आएको छ । यसैगरी, व्यापार समूहमा १७४ अंकको र जीवन बिमा समूहमा १७० अंकको सुधार आएको छ ।