काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

बल्खुमा भ्यानले आमा–छोरालाई ठक्कर दिँदा छोराको मृत्यु 

10.98K
shares

काठमाडौँको बल्खुमा आज भ्यानले आमाछोरालाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ । दुर्घटनामा आमा घाइते भएकी छन् । 

मृत्यु हुनेमा भारत घर भएकी योगिता बन्सुरका ५ वर्षीय छोरा आयुष रहेका छन् । भ्यानको ठक्करबाट गम्भीर घाइते भएका बालकको बल्खुस्थित बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । योगिताको सोही अस्पतालमा उपचार भइरहेको छ । 

बा १३ च ६४१९ नम्बरको भ्यानले आज बिहान पौने १२ बजे पैदल हिँडिरहेका आमाछोरालाई एकैसाथ ठक्कर दिएको हो । 

सवारी साधनसहित चालकलाई प्रहरी वृत्त कालिमाटीले नियन्त्रणमा लिएको छ ।