गृहपृष्ठ दक्षिण कोरियामा अवैध काम गरिरहेका १३ नेपाली पक्राउ

दक्षिण कोरियामा अवैध काम गरिरहेका १३ नेपाली पक्राउ

दक्षिण कोरियामा अवैध काम गरिरहेका १३ नेपाली पक्राउ

दक्षिण कोरियामा अवैध रुपमा काम गरिरहेका १३ जना नेपाली पक्राउ परेका छन् । दक्षिण कोरियाको अध्यागमन ऐन उल्लंघन गरेको आरोपमा नेपालीहरु पक्राउ परेका हुन् । पक्राउ परेका नेपालीहरुको नाम ठेगाना भने खुलेको छैन ।

ती सबै नेपालीहरुलाई नेपाल फर्काउने योजना बनाइएको सुवन अध्यागमन कार्यालयले जनाएको छ । चार जना नेपालीहरु कृषि तथा माछा पालन मौसमी काम (इ-८)को रुपमा प्रवेश गरी ठेक्का अवधि नपुग्दै गैरकानुनी रुपमा अर्को ठाउँमा काम गरिरहेको बेला पक्राउ परेका छन् ।

अन्य नौ जना बसाइँ अवधि सकिएपछि पनि दक्षिण कोरिया नछाडेका कारण पक्राउ परेका हुन् ।

प्रकाशित समय : १४:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु