गृहपृष्ठ बुटवल-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा
बुटवल-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा
बाढीले सडकको डाइभर्सन बगाउँदा बुधबार बिहानैदेखि अवरुद्ध बुटवल-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । पूर्वपश्चिम राजमार्गको नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को डाइभर्सन बगाएको स्थानमा नयाँ डाइभर्सन निर्माण गरेपछि उक्त सडकखण्डमा पुनः यातायात सञ्चालनमा आएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी प्रज्ज्वल महर्जनका अनुसार आज बिहान ५ बजेदेखि सडक पूर्णरुपमा सञ्चालनमा आएको छ । 'रातभरि डाइभर्सन निर्माणको काम गर्यौँ”, उनले भने, 'बिहान ३ बजेदेखि एकतर्फी र अहिले दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ ।'
मंगलबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण नवलपुर खण्डको विनयी त्रिवेणी गाउँपालिका र मध्यबिन्दु नगरपालिकाको विभिन्न स्थानमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएको थियो । डाइभर्सन निर्माण भएपछि सडकमा रोकिएका सवारी साधन गन्तव्यतर्फ जान सुरु गरेका छन् ।
प्रकाशित समय : १४:४३ बजे



















