global ime bank Long Banner Ad

गृहपृष्ठ भारतले धौलीगंगाको बाँध खोल्यो, महाकाली किनारका बासिन्दा जोखिममा

भारतले धौलीगंगाको बाँध खोल्यो, महाकाली किनारका बासिन्दा जोखिममा

भारतले धौलीगंगाको बाँध खोल्यो, महाकाली किनारका बासिन्दा जोखिममा

भारतले धार्चुलाको धौलीगंगा जलविद्युत परियोजनाको बाँधको ढोका खोल्दा महाकाली नदीमा बाढीको सतह बढेको छ । बाँध खोल्दा महाकाली नदी किनारका बासीन्दाहरु जोखिममा परेका छन् । भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको छ ।

भारतको पिथौरागढस्थित धौलीगंगा पावर स्टेशनले आज बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म बाँधको ढोका खोलिने जानकारी दिन जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाएको थियो । पत्रमा लेखिएअनुसार विद्युत परियोजनाको ड्याम साइटमा सिल्ट फ्लशिंग हुने र सो कामका लागि आज बेलुकी ८ बजेसम्म बाँधको ढोका खोलिने उल्लेख छ ।

त्यसैले जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै बाँधको ढोका खोलिदा जलसतह बढ्ने र क्षति पुग्न सक्ने हुँदा तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन भनेको हो । बेलुकी ८ बजेसम्म बाँधको ढोका खोलिने भने पनि त्यसपछि पनि महाकालीमा जलसतह बढ्न सक्ने सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले जारी गरेको सूचनामा उल्लेख छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले पनि महाकाली जलाधारका केही स्थानमा भारी वर्षा भई नदीमा बहाव बढ्ने भएकाले सतर्कता अपनाउन भनेको छ ।

प्रकाशित समय : १४:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु