global ime bank Long Banner Ad

गृहपृष्ठ दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा वृद्धि

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा वृद्धि

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा वृद्धि

दुई दिन लगातार दोहोरो अंकले घटेको सेयर बजार बुधबार ४१.३९ अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सूचक नेप्से ४१.३९ अंकले वृद्धि भएर एक हजार ९६२.७२ बिन्दुमा पुगेको हो । 

क वर्गका कम्पनीको मपन गर्ने सेन्सिटिभ सूचक पनि आज ६.५५ अंकले बढेको छ । 

२२८ कम्पनीको सेयर कारोबारमा ४३ लाख ८६ हजार ४३९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४३ करोड १४ लाख बराबरको कारोबार भएको छ । यस्तै, आज नेप्से बढेपछि कारोबार रकम पनि बढेको हो । मंगलबारको तुलतामा बुधबार कारोबार रकम ३७ करोड ३२ लाख रुपैयाँ बढेको छ । मंगलबार दिनभर १ अर्ब ५ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

यस्तै, आज कारोबारमा आएका कम्पनीहरुमध्ये १८१ वटाको सेयर मूल्य बढेको छ । दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आँधीखोला लघुवित्त र सीवाइसी नेपाल लघुवित्तका लगानीकर्ताले आज १० प्रतिशत मुनाफा हात पारेका छन् । 

वरुण हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि ९.४५  प्रतिशतले बढेको छ । 

गुमाउने लगानीकर्ताले १.९१ प्रतिशतसम्म गुमाउँदा ङादी ग्रुप पावर कम्पनीको ५ करोड ४२ लाखको सर्वाधिक कारोबार भएको छ । 
 

प्रकाशित समय : २१:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु