global ime bank Long Banner Ad

गृहपृष्ठ निलम्बनमा परे डाक्टर कुट्ने ट्राफिक प्रहरी

निलम्बनमा परे डाक्टर कुट्ने ट्राफिक प्रहरी

निलम्बनमा परे डाक्टर कुट्ने ट्राफिक प्रहरी

ललितपुरको एकान्तकुनाम बाटोमा हिँडिरहेका डाक्टरमाथि कुटपिट गर्ने ट्राफिक प्रहरी निलम्बनमा परेका छन् । ट्राफिक प्रहरी जवान राजेन्द्र थापालाई मंगलबार निलम्बन गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक (एसपी) शिद्धिविक्रम शाहले जानकारी दिए । 

पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत डाक्टर कुलबहादुर घिसिङलाई ती ट्राफिक प्रहरीले निर्घात कुटपिट गरेका थिए । आइतबार बेलुकी ललितपुरको कुसुन्तीमा ड्युटीमा खटिएका ट्राफिकले चिकित्सकमाथि कुटपिट गरेको पीडितका आफन्तले बताएका छन् । 

फुटपाथबाट पैदलयात्रा गरिरहेको अवस्थामा कुटपित भएको भन्दै डा.घिसिङले आफ्नो उपचार खर्चको व्यवस्था मिलाउन माग गरेका छन् । 

कुटपिटबाट घाइते भएका डाक्टरको उपचारका लागि अल्का अस्पताल लगिएको थियो । यो घटना बाहिर आएपछि परिसरले उनीमाथि कारबाही प्रक्रिया अघि बढाएको थियो । उनलाई सोमबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखाना तानिएको थियो । 

उनीसँगै सो समयमा चेकिङमा बसेका असईसहित पाँच जनालाई बग्गीखाना तानेको थियो । 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रकाशित समय : २१:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु