global ime bank Long Banner Ad

गृहपृष्ठ प्रहरी र एपीएफको विजयी सुरुआत

प्रहरी र एपीएफको विजयी सुरुआत

प्रहरी र एपीएफको विजयी सुरुआत

दुई विभागीय टोली नेपाल प्रहरी क्लब र नेपाल एपीएफ क्लबले बाग्मती प्रदेश न्यु डायमन्ड कप खुला महिला भलिबल प्रतियोगितामा मंगलबार विजयी सुरुआत गरेका छन् । बाग्मती प्रदेश खेलकुद विकास परिषद् तथा न्यु डायमन्ड स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा भइरहेको प्रतियोगितामा प्रहरीले न्यु डायमन्डलाई २५-१६, २५-१५ र २५-१५ को सोझो सेटमा पराजित गरे ।

कीर्तिपुरस्थित कभर्डहलमा एपीएफले काठमाडौंको परोपकार आदर्श माविलाई सीधा सेटमा २५-११, २५-४ र २५-३ ले हरायो । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्की सदस्य चन्द्र बदना राई र बाग्मती प्रदेश खेलकुद विकास परिषद्का सदस्य हिक्मत थपलियाले संयुक्त उद्घाटन गरेका थिए ।

शीर्ष चार स्थान हात पर्ने टिमले क्रमशः ५ लाख, २ लाख ५० हजार, १ लाख २५ हजार र ७५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार नगदबाट पुरस्कृत गरिने छ । विधागत ५ उत्कृष्ट खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजार नगद पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगिताअन्तर्गत बुधबार प्रहरी र परोपकार तथा न्यु डायमन्ड र एपीएफबीच प्रतिस्पर्धा हुनेछ । असार १८ गतेसम्म चल्ने प्रतियोगितामा ४ टिम सहभागी छन् । सहभागी टिमबीच पहिले राउन्ड रोविन लिगका आधारमा खेल हुनेछ । शीर्ष दुई स्थानमा रहने टिमले उपाधिका लागि पुनः भिड्ने छन् । तेश्रो र चौथोले तेश्रो स्थानका लागि प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

प्रकाशित समय : १५:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु