गृहपृष्ठ सप्तकोशीमा पानीको बहाव बढ्यो, तटीय क्षेत्रमा सतर्कता
सप्तकोशीमा पानीको बहाव बढ्यो, तटीय क्षेत्रमा सतर्कता
सप्तकोशी नदीमा पानीको बहाव बढेकाे छ । हाल काेशी ब्यारेजका १६ वटा ढोका खोलिएका छन् । पानीकाे बहाव बढेसँगै तटीय क्षेत्रमा प्रशासनले सतर्कता बढाइएको छ । यद्यपि हालसम्म कुनै खतरा भने नरहेकाे प्रशासनले जनाएकाे छ ।
सुनसरी प्रशासनले नदीमा डुंगा चलाउनसमेत पूर्ण रूपमा रोक लगाएको छ । नदीको जलस्तर बढ्दो क्रममा रहेसँगै प्रशासनले कोशीको बाँध तथा स्पर र नोज अनुगमनलाई समेत निरन्तरता दिएको छ । विपद् आइपरे खोज तथा उद्धारका लागि सुरक्षाकर्मीको टोली तयारी अवस्थामा राखिएको प्रशासनले जनाएकाे छ ।
पछिल्लो मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख २६ हजार ५०५ क्यूसेक प्रतिसेकेण्ड रहेको छ । ब्यारेज नियन्त्रण कक्षका अनुसार सोमबारसम्म सामान्य अवस्थामा रहेको नदीको बहाव पछिल्लो २४ घण्टायता बढेकाे हाे ।
प्रकाशित समय : २०:५४ बजे



















