गृहपृष्ठ चीन र अफगानिस्ताका विदेशमन्त्रीबीच टेलिफोन वार्ता
चीन र अफगानिस्ताका विदेशमन्त्रीबीच टेलिफोन वार्ता
चिनियाँ विदेशमन्त्री वाङ यी र अफगानिस्तानको अन्तरिक सरकारका कार्यवाहक विदेशमन्त्री अमिर खान मुताकीबीच फोनवार्ता भएको छ ।
विदेश मन्त्री वाङले सोमबार अफगानिस्तानका कार्यवाहक विदेशमन्त्री मतिकीलाई फोन गरेर गत साताको भूकम्पबाट अफगानिस्तानमा भएको ठुलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका थिए ।
साथै उनले अफगान सरकार र जनताप्रति सहानुभूति जनाएका थिए । चीन अफगानिस्तानको साथमा रहेको भन्दै उनले भूकम्पबाट प्रभावित नागरिकलाई सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
यसैबीच, अफगानिस्तानका भूकम्प पीडितलाई चीनले मानवीय सहायता सामग्री हस्तान्तरण गरेको छ । यही असार ८ गतेको शक्तिशाली भूकम्पमा परी एक हजार १५० भन्दा बढीको ज्यान गएको र दुई हजारभन्दा बढी घाइते भएका बताइएको छ ।
भूकम्प पीडितलाई छिमेकी पाकिस्तान, भारत, युरोपेली संघमा आबद्ध देशका साथै अन्य एसियाली मुलुक र अन्तर्राष्ट्रिय रेडक्रसले पनि राहत सामग्री प्रदान गरेका छन् ।
प्रकाशित समय : २०:२८ बजे



















