गृहपृष्ठ रोहितसम्मिलित पेर्सिक केडिरीलाई उपाधि
रोहितसम्मिलित पेर्सिक केडिरीलाई उपाधि
नेपाली मिडफिल्डर रोहित चन्दसम्मिलित इन्डाेनेसियन क्लब पेर्सिक केडिरी एफसीले मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मालाङस्थित कान्जुरुहान स्टेडियममा आइतबार भएको प्रतियोगितामा पेर्सिकले ‘ट्रोफियो रोनाल्डिन्हो’ उपाधि जितेकाे हो ।
पेर्सिकले पहिलो खेलमा ब्राजिली लेजेन्ड रोनाल्डिन्होसम्मिलित रेन्स नुसनतारा एफसीलाई टाइब्रेकरमा ४-२ काे गाेल अन्तरले पराजित गरेकाे थियाे । दोस्रो खेलमा एरेमा एफसीलाई टाइब्रेकरमै ५-४ ले पराजित गर्दै पेर्सिकले उपाधि हात पारेकाे हाे ।
रोहितले ब्राजिली लेजेन्ड रोनाल्डिन्हो सम्मिलित नुसनताराविरुद्ध पहिलो रोजाइमा खेलेका थिए ।
प्रकाशित समय : १५:११ बजे