काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

रोहितसम्मिलित पेर्सिक केडिरीलाई उपाधि

6.89K
shares

नेपाली मिडफिल्डर रोहित चन्दसम्मिलित इन्डाेनेसियन क्लब पेर्सिक केडिरी एफसीले मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मालाङस्थित कान्जुरुहान स्टेडियममा आइतबार भएको प्रतियोगितामा पेर्सिकले ‘ट्रोफियो रोनाल्डिन्हो’ उपाधि जितेकाे हो ।

पेर्सिकले पहिलो खेलमा ब्राजिली लेजेन्ड रोनाल्डिन्होसम्मिलित रेन्स नुसनतारा एफसीलाई टाइब्रेकरमा ४-२ काे गाेल अन्तरले पराजित गरेकाे थियाे । दोस्रो खेलमा एरेमा एफसीलाई टाइब्रेकरमै ५-४ ले पराजित गर्दै पेर्सिकले उपाधि हात पारेकाे हाे ।

रोहितले ब्राजिली लेजेन्ड रोनाल्डिन्हो सम्मिलित नुसनताराविरुद्ध पहिलो रोजाइमा खेलेका थिए ।