काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

एकीकृत समाजवादीको प्रथम केन्द्रीय परिषद बैठक बस्दै

6.29K
shares

सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) को प्रथम केन्द्रीय परिषद बैठक आज सोमबार बस्दैछ । बैठक कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बस्नेछ ।

बैठकमा पार्टीका देशभर भएका सांगठनिक गतिविधि, स्थानीय तह चुनावको समीक्षा, आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि चुनावलक्षित कार्यक्रम, हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत भएका केही प्रतिवेदनमा छलफल गरिने प्रचार विभाग उपप्रमुख शम्भु श्रेष्ठले जानकारी दिए । उनका अनुसार पार्टीका महासचिव डा. बेदुराम भुसालको राजनीतिक प्रतिवेदनमा विशेष छलफल हुने छ ।

देशभरबाट करिब एक हजार ५०० सहभागी हुने परिषद बैठकको अध्यक्ष माधवकुमार नेपालले उद्‌घाटन गर्ने कार्यक्रम छ ।