काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

आइजीपी नियुक्ति विरूद्धकाे मुद्दामा सुनुवाइ हुँदै

7.66K
shares

नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमाथि आज सोमबार सुनुवाइ हुँदैछ । यसअघि असार ५ गते सुनुवाइ भएको मुद्दा आजका लागि 'हेर्दाहेर्दै'मा राखिएको थियो ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलसामा सुनुवाइ भइरहेको मुद्दामा रिट निवेदक विश्वराज पोखरेलका तर्फबाट १३ जना कानुन व्यवसायीले बहस गरिसकेका छन् । सोमबार प्रतिवादीका तर्फबाट बहस हुनेछ ।

धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएको थियो । आफूभन्दा जुनियरलाई आइजीपी बनाइएको भन्दै एआइजी पोखरेलले २०७९ वैशाख १९ सर्वोच्चमा रिट दायर गरेका छन् ।