काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

युनाइटेड सिमेन्ट्सद्वारा विद्यालय पोशाक वितरण

9.1K
shares

युनाइटेड सिमेन्ट्सले महादेव खोला, लेले का सरकारी तथा निजी विद्यालयमा अध्यनरत ७३ विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरेको छ ।

युनाइटेड सिमेन्ट्सको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महादेव युवा क्लबका अधक्ष अर्जुन लामाको अध्यक्षतामा गरिएको सो कार्यक्रममा युनाइटेड सिमेन्ट्सका खानी प्रबन्धक हरि कुमार उप्रेतीले स्कुल ड्रेस वितरण गरेका हुन् ।

सो कार्यक्रममा एसएम रोडा ढुंगाको पनि योगदान रहेको जनाइएकाे छ । युनाइटेड सिमेन्ट्सले विगतमा पनि स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा विभिन्न सामाजिक कार्यक्रम गरेको थियो र भविष्यमा पनि यस्ता किसिमका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

४३ ग्रेड तथा ५३ ग्रेडको सिमेन्ट उत्पादन गर्दै आएको यस उद्योगले आफ्नो उत्तरदायित्व वहन गर्न सधैँ तयार रहेको उल्लेख गरेकाे छ ।