गृहपृष्ठ विश्वकप लिग-२ : नेपाली टोली घोषणा
विश्वकप लिग-२ : नेपाली टोली घोषणा
आइसीसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डमा हुने सिरिज र क्यानडामा हुने दुई एकदिवसीय अभ्यास सिरिजका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार १४ सदस्यीय टोलीको घोषणा गरेको हो । टाेलीमा निर्वतमान कप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर र सुनिल धमला अटाएका छैनन् ।
राष्ट्रिय टोलीमा देव खनाल, अदिल अन्सारी, किशोर महतोलाई निरन्तरता दिइएको छ। यता, पवन सराफ पनि राष्ट्रिय टोलीमा फर्किएका छन् । यसैबीच, नेपालले आइसीसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डमा हुने सिरिजअघि क्यानडामा दुई एकदिवसीय अभ्यास खेल मात्रै खेल्ने भएको छ । क्यानका अनुसार दुई टी-२० आई र दुई एकदिवसीय अभ्यास खेलका लागि नेपालले क्यानडा भ्रमण गर्न लागेकाे हाे ।
भिसा आउन निकै समय लागेपछि टी-२० आई तोकिएको समयमा नहुने निश्चित भएसँगै एकदिवसीय सिरिज मात्रै खेल्न लागिएको क्यानको प्रष्ट्याएकाे छ । नेपाल शनिबार क्यानाडा भ्रमणमा निस्कने कार्यक्रम थियो । तर, अहिले नेपाली टोली भिसा प्रक्रिया पूरा गरेर मंगलबार बिहान मात्र क्यानडा उड्ने तय भएकाे छ ।
नेपाली टोलीले जुलाई ४ मा क्यानडासँग पहिलो एकदिवसीय खेल खेल्ने छ । त्यसको भोलिपल्ट दोस्रो एकदिवसीय खेल्ने तालिका छ । त्यसअघि जुलाई १ मा स्थानीय क्लब अन्टारियोसँग वामअर्प खेल खेल्ने तालिका रहेको क्यानले जनाएको छ । आइसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा स्कटल्यान्ड, नेपाल र नामिबिया हुनेछ । नेपाल १६ खेलमा ७ जित र ८ हारका साथ १५ अंक जोड्दै पाँचौं स्थानमा छ ।
स्कटल्यान्ड भ्रमणमा नेपालको खेल तालिका :
असार २७ ( जुलाई ११): नामिवियाविरुद्ध नेपाल
असार २९ ( जुलाई १३): स्कटल्यान्डविरुद्ध नेपाल
असार ३२ ( जुलाई १६): नेपालविरुद्ध नामिबिया
साउन १ ( जुलाई १७): नेपालविरुद्ध स्कटल्यान्ड
प्रकाशित समय : १८:०१ बजे

















