पिपुल्स पावर प्रभावितले पनि अनलाइनबाटै आइपीओमा आवेदन दिन सक्ने
वि.सं.२०७९ असार १२ आइतवार १७:५९
shares

प्रभु क्यापिटलले पिपुल्स पावर आयोजना प्रभावित स्थानीयहरुले पनि अनलाइनबाटै आइपीओमा आवेदन दिनसक्ने सुविधा सञ्चालनमा ल्याएको छ ।
८ असारदेखि बिक्री खुला भइरहेको पिपुल्स पावरको आइपीओमा पनि अब इलामका स्थानीयले अनलाइनमार्फत् नै आवेदन दिन सक्ने क्यापिटलले जानकारी गराएको छ ।
आयोजना प्रभावित स्थानीयहरूले प्रभु क्यापिटलको वेबसाइट https://ipoapply.prabhucapital.com मार्फत् आफ्नो व्यक्तिगत विवरण र स्थानीयका लागि तोकिएको कागजातसहित खरिद गर्न चाहेको कित्ता र रकम उल्लेख गरी आवेदन दिन सक्नेछन् ।
यसबाट हितग्राही खाता खोल्न बाँकी रहेका तथा हितग्राही खाता भएका दुवैले अनलाइनबाट आवेदन दिन सक्ने क्यापिटलले जानकारी गराएको छ । आवेदन गरिसकेपछि लगानीकर्ताहरुले ई–सेवा, खल्ती तथा प्रभु पेमार्फत् अनलाइन रकम भुक्तानी गर्न सक्नेछन् ।






















