काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नागरिक लगानी कोषको बोनस सेयर घोषणा

6.8K
shares

नागरिक लगानी कोषले गत आर्थिक वर्ष (२०७७/७८ को नाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ । 

कोषको सञ्चालक समिति बैठकले सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५७८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । 

प्रस्तावित बोनस सेयर नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृत गरी आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिने कोषले जानकारी गराएको छ । 

कोषले ९८ करोड १० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो ।