global ime bank Long Banner Ad

गृहपृष्ठ न्यायाधीशको करोडको गोप्य डिल बाहिरिएपछि न्यायपरिषद्को बैठक बस्दै

न्यायाधीशको करोडको गोप्य डिल बाहिरिएपछि न्यायपरिषद्को बैठक बस्दै

न्यायाधीशको करोडको गोप्य डिल बाहिरिएपछि न्यायपरिषद्को बैठक बस्दै

काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीचको गोप्य डिलको अडियो सार्वजनिक भएपछि न्यायपरिषद्ले बैठक बोलाएको छ । व्यावसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन भएको घुस लेनदेनबारेको अडियो मंगलबार साँझ न्यूज २४ टिभीले सार्वजनिक गरेको थियो ।

न्यायाधीश वकिलबीचका संवाद गम्भीर भएको भन्दै कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बुधबार दिउँसो १ बजे न्यायापरिषद्को बैठक बोलाएका छन् । सार्वजनिक भएको अडियोमा तामाङलाई १० करोडमा छुटाउँदा २ करोड आफूहरुलाई आउने भन्दै पोखरेलले कोइरालालाई भनेका छन् ।

त्यसमा कोइराला आफू तयार रहेको तर माथिल्लो निकायबाट पनि जानकारी आउनुपर्ने कुरा उल्लेख गरेका छन् । अधिवक्ता पोखरेलले प्रधानन्यायाधीशदेखि काठमाडौं जिल्ला अदालतका प्रमुखसम्मलाई आफूले मिलाउने कुरा अडियोमा गरेका छन् ।

न्यायपरिषद्‍ बैठकमा अडियोमा नाम मुछिएका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा र काठमाडौं जिल्ला अदालतका न्यायाधीशहरु राजुकुमार खतिवडा र अम्बिकाप्रसाद निरौलाको भूमिका माथि पनि छलफल हुने भएको छ ।

प्रकाशित समय : १६:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु