गृहपृष्ठ घरको ढल व्यवस्थापन गर्न प्रभावकारी बन्दै मंगलम् प्रोड्राइन पाइप, यस्ता छन् विशेषता
घरको ढल व्यवस्थापन गर्न प्रभावकारी बन्दै मंगलम् प्रोड्राइन पाइप, यस्ता छन् विशेषता
घर निर्माण गर्दा ढल व्यवस्थापनको पक्ष अत्यन्तै महत्वपुर्ण हुन्छ । त्यसको लागि उचित ड्रेनेज प्रणाली पनि एउटा जरुरी पाटो हो । घरको निर्माण प्रक्रियामै उचित ड्रेनेज प्रणालीको व्यवस्था नगर्दा भविष्यमा धनजनको क्षति र स्वास्थ्य जोखिम निम्तिन सक्छ । बर्खाको बेलामा जम्मा हुने पानी होस् वा घरको भान्छा र बाथरूमबाट निस्कने फोहोर पानी होस् । तिनको उचित व्यवस्थापन नहुँदा घरमा पानी जाम हुने, पानी रसाउने, चुहिने जस्ता समस्या हामीले भोग्दै आएका छौं ।
बजारमा धेरै प्रकारका पाइपहरू उपलब्ध छन् । त्यसमध्ये पनि हामीले छनोटमा विशेष ध्यान पुर्याउन आवश्यक छ । कुनै पनि घर निर्माण गर्दा कुन पाइप कहाँ प्रयोग हुन्छ भन्ने कुराको जानकारी हुनु महत्वपुर्ण हुन्छ । यसका लागि मेकानिकल, थर्मल, रासायनिक सबै पक्षहरूमा उत्कृष्ट मंगलम् प्रोड्राइन पाइप उपयुक्त विकल्प हुनसक्छ । किनकि यो पाइप परम्परागत पाइपिङ प्रणालीभन्दा धेरै अब्बल छ ।
यी पाइपहरू रिङफिट र सेल्फफिट दुवैमा उपलब्ध छन् र यिनीहरु आइएसः १३५९२ मान्यता प्राप्त छन् । आइएसओका साथै नेपाल गुणस्तर एनएस पनि प्रमाणित छ । छिटो र सजिलै जडान गर्न सकिने, जोइन्टहरू बनाउनको लागि कुनै सल्भेंट सिमेन्टको आवश्यक नपर्ने मंगलम पाइपहरू आवासीय तथा व्यवसायिक भवनहरू, कारखाना, गोदामलगायत सार्वजनिक स्थानहरूमा सरल तरिकाले ड्रेनेज डिस्पोजलको लागि अत्यन्त उपयोगी छन् ।
प्रकाशित समय : १५:४४ बजे



















