काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

एनआईसी एसिया बैंकद्वारा तीन ग्राहकलाई ३० लाख बिमा रकम भुक्तानी

6.62K
shares

एनआईसी एसिया बैंकले सर्वश्रेष्ठ बचत खाता तथा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत बैंकमा उक्त बचत खाता खोलेका ३ जना ग्राहकहरुलाई ३० लाख बिमा रकम भुक्तानी गरेको छ ।

घातक रोगको बिमा वापत प्रतिव्यक्ति १० लाख रुपैयाँको दरले कुल ३० लाख रुपैयाँ बिमा रकम भुक्तानी गरेको हो । 

बिमा लाभ प्राप्त गर्नेमा यस बैंकको इलामा शाखामा सर्वश्रेष्ठ बचता खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलेकी रेणुदेवी चौधरी, कुलेश्वर शाखामा सर्वश्रेष्ठ बचत खाता ‘केएमसी एम्बेसडर’ खोलेका पुष्कर सापकोटा र सामाखुसी शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डाइमण्ड’ श्रेणीको खाता खोलेकी बिमला दाहाल छन् । 

लाभदायीहरुलाई बैंकले नेपाल इन्स्योरेन्स तथा नेको इन्स्योरेन्ससँगको सहकार्यमा बिमा रकम भुक्तानी गरेको हो । 

यस बैंकको बचत खातामा उपलब्ध बिमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका १ हजार ६० जनाभन्दा बढी ग्राहकहरुले घातक रोग बिमा वापत २ करोड १० लाख रुपैयाँ। दुर्घटना बिमा वापत ४० लाख रुपैयाँ र मेडिकल बिमा वापत २ करोड ६१ लाख रुपैयाँ गरी कुल ५ करोड ११ लाख रुपैयाँभन्दा बढी बिमा रकम प्राप्त गरिसकेका छन् ।