काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको कारणबारे सदनमा जबाफ दिन सरकारलाई निर्देशन

6.55K
shares

सभामुख अग्निप्रसाद सापकोटाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबारे सरकारलाई रुलिङ गरेका छन् । सभामुख सापकोटाले पेट्रोलियम पदार्थमा मूल्य बढाइनुको कारणसहित जबाफ दिन सरकारलाई निर्देशन दिएका हुन् । 

प्रमुख प्रतिपक्षी दल नेकपा (एमले)को आग्रहपछि सभामुखले सरकारलाई रुलिङ गरेका हुन् । 

सोमबार बसेको प्रतिनिधिसभा बैठकको सुरुवातमै एमाले सांसद् पद्मा अर्यालले मूल्यवृद्धिबारे सदन र जनतालाई सम्बन्धित मन्त्रीले जबाफ दिनुपर्ने र यसका लागि रुलिङ जारी गर्न सभामुख सापकोटासँग माग गरेकी थिइन् । 

सरकारले जनतामाथि अत्यचार गरेको भन्दै उनले रुलिङ जारी नभएसम्म बैठक चल्न नसक्ने बताइन् । तत् पश्चात सभामुख सापकोटाले सरकारको नाममा रुलिङ गरेका हुन् ।

सरकारले गए रातिदेखि लागु हुनेगरी पेट्रोलमा २१ रुपैयाँ, डिजेल र मट्टितेलमा २७ रुपैयाँ बढाएको थियो । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १९९ तथा डिजेल र मट्टितेल प्रतिलिटर १९२ रुपैँया पुगेको छ । 

नयाँ मूल्यमा बेच्दा पनि १५ दिनमा २ अर्ब ३५ करोडभन्दा धेरै घाटा हुने नेपाल आयल निगमले बताएको छ ।