आमा बन्दै गरेका यात्रुलाई बुद्ध एयरको ‘गिफ्ट ह्याम्पर’
वि.सं.२०७९ असार ६ सोमवार १९:१७
shares

बुद्ध एयरले आमा बन्दै गरेका यात्रुका लागि अनलाइन सपिङ दराजको सहकार्यमा गिफ्ट ह्याम्पर प्याकेज दिने भएको छ । एक महिनासम्म सञ्चालन हुने यो योजना आइतबार (जुन १९)बाट सुरू भएको हो ।
यसका लागि टिकट काटिसकेपछि बुद्ध एयरको वेबसाइटमा केही जानकारी भर्नुपर्ने हुन्छ । बुद्धले 'लक्की ड्र'मार्फत विजेतालाई एक हजार पाँच सय रुपैयाँ बराबरको सामग्री उपहार दिनेछ । गिफ्ट ह्याम्परमा बच्चाका लागि डायपर, वेट वाइप्स, नरिवल तेल र बेबी पाउडर हुनेछ ।
यसका साथै, आमाका लागि अण्डर आइ क्रिम र ५० प्रतिशत छुटसहितको ब्युटीपार्लर कुपन हुने बुद्ध एयरले जनाएकाे छ ।
























