nmb bank

गृहपृष्ठ काठमाडौं महानगरले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

काठमाडौं महानगरले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

काठमाडौं महानगरले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

काठमाडौं महानगरपालिकाले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । दिउँसो ३ बजे राष्ट्रिय सभागृहमा हुने नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ । सोही नीति तथा कार्यक्रमको आधारमा असार १० गते आर्थिक वर्ष २०७९/८० को बजेट आउने छ ।

स्वतन्त्र मेयर बालेन्द्र साहको नेतृत्वमा कस्तो नीति तथा कार्यक्रम र बजेट आउला भन्ने चासो छ । नगरसभामा मेयर साह अल्पमतमा रहेकाले नीति तथा कार्यक्रम पास गराउन राजनीतिक दलबाट उम्मेदवार बनेर चुनिएका जनप्रतिनिधिहरुको साथ चाहिने छ ।

यसैबीच नीति तथा कार्यक्रमबारे छलफल गर्न आज बिहान काठमाडौं महानगरपालिकाको कार्यपालिकाको बैठक बसेको थियो । अघिल्ला बैठकहरु लाइभ गर्दै आएको महानगरपालिकाले आजको बैठक भने लाइभ गरेन । बैठक अनौपचारिक भएकाले लाइभ नगरिएको मेयर साहको सचिवालयले जनाएको छ ।

प्रकाशित समय : १७:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु