गृहपृष्ठ एनएमबि बैंकले ल्यायोे मुद्दतीमा डब्बल प्रतिफलको योजना
एनएमबि बैंकले ल्यायोे मुद्दतीमा डब्बल प्रतिफलको योजना
एनएमबि बैंकले आफ्ना ग्राहकका लागि आकर्षक मुद्दती योजना ल्याएको छ । ‘एनएमबि डबल मुद्दती’ र ‘एनएमबि जन्मभूमि डबल मुद्दती’ गरि दुई खाले योजना ल्याएको हो ।
‘एनएमबि डबल मुद्दती योजना’अन्तर्गत ग्राहकले न्यूनतम मौज्दात ५०,००० वा सो भन्दा बढी रकमको मुद्दती खाता खोल्दा ७६ महिनापछि सो रकम डबल हुनेछ । त्यसैगरी, ‘एनएमबि जन्मभूममि डबल मुद्दती योजना’मा नेपालीहरुले वैदेशिक रोजगारिबाट रेमिट्यान्स आएको रकममा ७० महिनामै सो रकम डबल हुने बैंकले जनाएको छ ।
सोही योजनाअन्तर्गत एनएमबि बैंकका ग्राहकहरूले आफ्नो मुद्दती रकमको ९०% सम्म क्रेडिट कार्ड सुविधा र उक्त कार्ड जारी गर्दा शुल्क नलाग्ने साथै मुद्दती रसिद धितोमा पनि ८०% सम्म कर्जा पाउन सकिने जानकारी गराइएको छ ।
एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’बाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ ।
प्रकाशित समय : १७:२८ बजे



















