गृहपृष्ठ सनत कुमार पौडेल एफवान सफ्ट इन्टरनेसनलको सीईओमा नियुक्त
सनत कुमार पौडेल एफवान सफ्ट इन्टरनेसनलको सीईओमा नियुक्त
काठमाडौं । सनत कुमार पौडेल एफवानसफ्ट इन्टरनेसनलको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएका छन् । एफवानसफ्टले आफ्नो २२ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा पौडेललाई कम्पनीको नयाँ सीईओमा नियुक्त गरेको घोषणा गरेको हो ।
उनी सह-संस्थापक तथा निर्देशक सुबास शर्मा पछि सीईओको जिम्मेवारी सम्हाल्ने कम्पनीले जानकारी दिएको छ । शर्माले उक्त भूमिका एक दशकभन्दा बढी समयसम्म सफलतापूर्वक सम्हालेका थिए । शर्माले एफवानसफ्ट गुपको दृष्टिकोणलाई व्यवहारमा उतार्दै इसेवा, फेनपे लगायतका डिजिटल वित्तीय समाधानहरूको विकास र विस्तारमा महत्वपूर्ण नेतृत्व गरेका थिए ।
यी पहलहरूले नेपालको डिजिटल वित्तीय प्रणालीलाई रूपान्तरण गर्नुका साथै नागरिक, घर परिवार तथा व्यवसायहरूको जीवनस्तरमा सकारात्मक प्रभाव पारेका छन् । उनी अब निर्देशकको भूमिकामा रहँदै एफवानसफ्ट गुपको रणनीतिक दिशा निर्देशनमा संलग्न हुनेछन् ।
प्रकाशित समय : १४:३३ बजे



















