गृहपृष्ठ वसन्त र कलाम राष्ट्रिय क्रिकेट टिमको सहायक प्रशिक्षक
वसन्त र कलाम राष्ट्रिय क्रिकेट टिमको सहायक प्रशिक्षक
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा वसन्त शाही ठकुरी र कलाम अलीलाई नियुक्त गरेको छ ।
अर्को हप्ताबाट आईसीसी विश्वकप लिग २ को खेल सुरु हुनुअघि उनीहरूलाई प्रशिक्षक स्टुअर्ट लको सहायकका रूपमा नियुक्त गरिएको हो ।
यी दुवै राष्ट्रिय टोलीका पूर्व सदस्यहरू हुन् । वसन्त शाहीले यसअघि पनि राष्ट्रिय टोलीको सहायकको भूमिका निर्वाह गरिसकेका छन् ।
वसन्त लुम्बिनी प्रदेशको मुख्य प्रशिक्षक हुन् भने उनी नेपाल प्रिमियर लिग एनपीएलमा काठमाडौं गुर्खाजका पनि प्रशिक्षक रहिसकेका छन् ।
त्यसै गरी कलामले नेपाल ‘ए’ टिम तथा राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकको भूमिका निभाइसकेका छन् । उनी एनपीएलमा चितवन राइनोजका मुख्य प्रशिक्षक पनि हुन् ।
प्रकाशित समय : १४:४२ बजे



















